Advertisement
SKIP THIS

सहिदको बलिदानबाट स्थानिय सरकारको जन्म भएको अध्यक्ष रोकाया

निराकरण खबर अछाम:स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले सहिदको बलिदानबाट देशमा स्थानिय सरकारको जन्म भएको बताएका छन् ।

सहिद दिवसको अवसरमा सोमबार स्वामीकार्तिक खापर गाउँपालिकाले आयोजना गरको माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले सो कुरा बताए ।

१०४ बर्षिय निरंकुश जहानिया राणा शासनको बिरुद्धमा सर्वप्रथम शहिद लखन थापाले आवाज उठाउने शाहस गरे देखि आज नेपाल संघिय लोकतान्त्रीक गणतन्त्र सम्म आइपुग्दा थुपै सहिदले ज्यानको आभुति दिएको बताए। “सहिदहरुको बलिदानले नै आज देशमा स्थानिय सरकार र प्रदेश सरकारको जन्म भयो, त्यसमा स्वामीकार्तिक खापर गाउँपालिका पनि एक हो” । सहिदको सपनाले नै आज देशमा स्थानिय सरकार बनेकाले स्वामीकार्तिक खापर गाउँपालिले पनि आफुमा भएका कमि कमजोरीलाई सच्याउदै निरन्तर जनताको सेवामा गाउँपालिका रहने बताएका छन् ।

कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अजय बि.क.,वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम कटेल,नेपाली काँग्रेस स्वामीकार्तिक खापर गाउँपालिकाका पाटी सभापति महेश कटेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र बुढा,गाउँपालिकाका शिक्षा समिती सदस्य शंकर भण्डारी लागायतले बोलेका थिए।

तपाईको प्रतिक्रिया