Advertisement
SKIP THIS
पाँचौ साँफेबगर महाेत्सबकाे आयाेजना हुदै

अछाम:पाँचौ साँफेबगर महाेत्सबकाे आयाेजना साँफेबगरमा हुने भएकाे छ।

अछाम चेम्बर अफ कमर्सकाे आयाेजनामा माघ २४ गतेबाट फागुन १ गतेसम्म साफेबगरकाे सिसम घाडिमा महाेत्सव हुन लागेकाे हाे ।

कला, संस्कृति, रितिरिवाज, भेषभुषाकाे संगरक्षण गर्ने उदेश्यले महाेत्सबकाे आयाेजना हुन लागेकाे आयाेजक समितिले जनाएकाे छ ।

चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्य भरत खड्काकाे संयाेजकत्वमा बसेकाे बैठकले ७१ सदस्यिय मुल आयाेजक समिति गठन गरेकाे छ ।

महाेत्सब मुल आयाेजक समितिकाे संयाेजकमा अछाम चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष खेमराज ढुंगानालाई ताेकेकाे छ ।

तपाईको प्रतिक्रिया