निराकरण खबर: पछिल्लो समय पोखरी भित्र बालबालिकाले भलिवल खेलेको तस्बिर सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ। यो त रामारोशन गाउँपालीका ६ भटाकाटीयाको परिवनमा रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको २० लाख बजेटमा यो अर्को पोखरी करिव १८ महिना अघि पोखरी निर्माण गरिएको रामारोशन गाउँपालिका ६ का अध्यक्ष सुशील साउँदले बताए ।
बर्षाको समयमा खेत रोपाइँ गर्न मात्रै सिचाइ आवश्यक हुने वडा अध्यक्ष साउँदले बताए ।अहिले गहुँ खेतिको लागि सिचाई आवश्यक नभएकाले बालबालिकाले भलिबल खेलेको हुनसक्ने अध्यक्ष साँउदले बताए ।
अध्यक्ष साँउदका अनुसार पोखरी निर्माणमा अनिमियता भएको भन्दै अख्तियारमा उजुरी समेत परेको छ।