Advertisement
SKIP THIS
प्रभा धम्कोट माबीमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने,बिभिन्न तयारी उपसमितिहरु गठन

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका वडा नम्बर ३ मा रहेको प्रभा धम्कोट माबीमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञ यहि चैत ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको हो । आज प्रभा धम्कोटमा बसेको महायज्ञ मुल आयोजक समितिको पहिलो बैठकले बिद्यालयको स्तर उन्नतीका लागी महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

आईतवार बसेको बैठकले बिभिन्न १३ वटा तयारी उपसमितिहरु गठन गरेको छ । कृष्ण बहादुर कुँवरको सयोजकत्वमा आर्थिक समिती, नृपबहादुर कुँवरको सयोजकत्वमा यातायात व्यवस्थापन समिति उपसंयोजक सतिश कुँवर , रमेश बहादुर कुँवरको सयोजकत्वमा खरिद समिति, रंगबहादुर ठकुल्लाको सयोजकत्वमा मंच व्यवस्थापन समिती, कृष्ण बहादुर बुढाको सयोजकत्वमा अतिथी सत्कार समिती, सगीता केसी कुँवरको सयोजकत्वमा कलश यात्रा समिती , देवराज सुवेदीको सयोजकत्वमा पुजा सामाग्री व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी खेमराज कुँवरको सयोजकत्वमा भोजन व्यावस्थापन समिती, प्रधानाध्यापक जोगराज कुँवरको सयोजकत्वमा बाह्य समन्वय समिती, सहायक प्रधानाध्यापक रतनराज रेग्मीको सयोजकत्वमा स्टोर व्यवस्थापन समिती, लक्ष्मण कुँवरको सयोजकत्वमा स्वयंसेवक समिती, मीन आउजीको सयोजकत्वमा पंच्चेबाजा व्यवस्थापन समिति र पत्रकार गीता कुँवरको सयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको महायज्ञका प्रवक्ता आकाश कुँवरले जानकारी दिए।

महायज्ञ मुल आयोजक समितिका सयोजक मोहन कुवरको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुवर,बिशिष्ट अतिथि उप प्रमुख शिब बहादुर कुवर शिलोज अन्य अतिथिहरु जाल्पादेबीका वडा अध्यक्ष सेतबहादुर कुवर लगायत समाजसेबीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया