Advertisement
SKIP THIS
अछाममा एक किलो लागु औषध चरेश सहित २ जना प्रक्राउ

अछाम:अछाममा एक किलो लागु औषध चरेश सहित २ जना प्रक्राउ परेका छन्।

शुक्रबार साझँ साँफेबगरको टोटासालबाट २ जना चरेश सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढिन्दा नगरपालिका वडा नं. १० पाण्डुलसेन घर भएका ६० बर्षिय लाक्पा थापा र सोही ठाँउ बस्ने थोक दोर्जेको श्रीमती ३५ बर्षिया धम्ब चेतो रहेका छन् ।

हाल साँफेबगर नगरपालिका वडा नं. ३ टोटासाल भेडाबाख्रा पालन गर्दै आएका उनिहरुबाट क्रमश ८ सय ३८ र १ सय ७८ ग्राम लागु औषध चरेश प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक दिलिप सिंह बिसीको नेतृत्वमा गएको टोलीले लागु औषध चरेश सहित उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक कैशाल बिष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया