Advertisement
SKIP THIS
शिशु स्याहार केन्द्रकाे नगर प्रमुख खड्काद्वारा उद्घघाटन

डाेटी: नवनिर्मित सामुदायिक शिशु स्याहार केन्द्र भवनकाे नगर प्रमुख बाजी सिंह खड्का विजय द्वारा उद्घघाटन गरिएकाे छ ।
सम बिकाश केन्द्र (EDC)डाेटी द्वारा संचालित एक्सनएड नेपाल अन्तर्गत संचालित द महिला नेटवर्क परियोजना मार्फत दिपायल सिलगढी नगरपालिका वडानम्वर ५ वागठाटामा निमार्ण गरेकाे सामुदायिक शिशु स्याहार केन्द्र भवनकाे नगर प्रमुख बाजी सिंह खड्का विजय द्वारा सुक्रबार उद्घघाटन गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख खड्काले भन्नु भयो बालबालिकामा शिक्षाकाे जग सानैदेखि बसायाे भने राम्रो समाजकाे परिकल्पना गर्न सकिन्छ त्यसैले याे कार्य निकै फलदायी र जिवन उपयाेगी रहेकाे छ,याे भवनकाे परिकल्पना अनुसार यहाँको समाजले चल्नु हाेला नगरपालिकाले गर्ने सहयाेग निरन्तर रहन्छ ।

याेजना वनायर आउँदा तपाइँलाइ रित्तो हात फर्कनु पर्ने छैन जनताकाे रुपया जनता दिन म कन्जुस्याइँ ग्रदैन र कन्जुस्याइँ गर्न पनि दिन्न भन्दै समुदाय लाइ बिस्वस्त पार्नुभयो।

परियाेजना काे १० लाख आर्थिक सहयोग र बागठाटामा गठित किरण महिला समुहको अगुवाइमा समुदायको स्रवदान सहित लगायर उक्त भवन निर्माण भयकाे किरण महिला समुहकी अध्यक्ष काली बिकले बताउनुभयो।

शिसु स्याहार भवनमा बिध्यालय जान नसक्ने ३ वर्ष देखि लगभग ४ वर्ष सम्मका बालबालिका लाइ आमा शिक्षक राखेर बिषेश तरिकाले स्हार हाेस र बच्चाकाे कारण आमाहरुलाई कुनै कामकाज,भेला सम्मेलन,मिटीङमा जान र जिपिकाेपार्जन गरि दैनिक आयआर्जनमा वाधा नहाेस भन्ने उद्देश्यका साथ संस्थाले भवनकाे निर्माण गरेकाे उक्त परियोजनाका कार्यक्रम संयोजक नरेन्द्र बि.क ले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित भयका अतिथि लाइ स्वागत मन्तव्य बाट स्वागत महेन्द्र आधारभुत बिधालय का प्रध्यानाध्यापक धर्म बिक ले गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन परियोजनाकी प्रतिनिधि रमा भण्डारीले गर्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष गणेश भन्डारी,पुर्व वडा अध्यक्ष मदन भण्डारी, बिध्यालय व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर काेली, शिक्षक अभिभावक संघका अध्यक्ष डिल बहादुर आउजी,शिक्षक,अभिभावक, समाजसेवी, विध्यार्थी लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया