Advertisement
SKIP THIS
सबैकाे सुन्दर परिकल्पनाकाे संसार बिधार्थी हुन, नगर प्रमुख खड्का

बिक्रम खड्का डोटी:दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ‘विजय’ले हामि सवैकाे सुन्दर परिकल्पनाकाे संसार बिध्यार्थी भाइबहिनीहरु हुन बताएका छन् वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र (CDC) डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा अवस्थित श्रि तेडि माध्यमिक विद्यालयले आयाेजना गरेकाे पढाइ मेला कार्यक्रममा उक्त कुरा बताउनु भयो ।
हामिले समाज र राष्ट्रको भलाे चिताइ समाजलाइ सुन्दर वनाउनु छ भने शिक्षामा जाेड दिनु पर्छ र बालबालिका लाइ उत्कृष्ट शिक्षा प्रदान गर्नमा कन्जुस्याइँ गर्नु हुन्न उहाँले थप्नुभयाे “हामिसंग भएका सामुदायिक बिधालयमा राम्राे शिक्षा हाँसिल गरेका शिक्षक शिक्षिका हरु हुनुहुन्छ तपाइँ हरुले जागरुक नहुन्जेल शिक्षामा गुणस्तर आउदैन” आफुसंग भयकाे सम्पुर्ण बिवेक प्रयाेग गरेर सम्पुर्ण समाजका सवै समुदायका वालवालिका लाइ शिक्षा लिन प्रेरित गर्नु हाेस,पालिका तपाइ हरुका समस्या लाइ मध्येनजर गरेर समाधानका लगि कुनै कुरामा कमी हुन दिने छैन र बिधालयका भाैतिक संरचना तथा अन्य आवस्यकता लाइ पुर्ति गर्न बिभिन्न कार्यक्रम बाट अगाडी बढ्ने समेत प्रमुख खड्काले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त पाढाइ मेलामा आफ्नो शुभकामना मन्तब्य राख्दै यस्ता कार्यक्रमले बिध्यार्थीकाे शैक्षिक अवस्थालाई उकास्नका साथ-साथै अतिरिक्त क्रियाकलापमा पनि उत्प्रेरणा मिलाैस भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको र याे कार्यक्रमलाइ बिध्यालयले आफ्नोपन दिएकाे हुदा यस्तै अरु कार्यक्रम लाइ समेत संचालन गर्न सजिलो भएकाे सामुदायिक विकास केन्द्र (CDC) डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गतका फिल्ड अधिकृत शिद्दराज जाेशिले जानकारी दिनुभयो ।

तेडी माध्यमिक बिद्यालय कलेनाका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाईमा प्रतिस्पर्धा, वक्तित्वकला,शब्दजाेडा, वादविवाद प्रतियोगिता, लगायत सांस्कृतिक क्रियाकलापगरी प्रथम, दि्तिय,तृतीय लगायत सान्ताेना पुरुस्कार स्वरुप शैक्षिकसामग्री वितरण गरियकाे बिध्यालयका प्रध्यानाध्यापक टेक बहादुर बिष्टले बताउनुभयो ।

नगर प्रमुख बाजि सिंह खड्का ‘बिजय’काे प्रमुख आतिथ्यमा संचालन भयकाे कार्यक्रमका सभाध्यक्ष बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर साउद, बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद इकाइ शाखा प्रमुख लक्ष्मिराज ओझा, बिध्यालय व्याथापन समितिका पदाधिकारी,कलेना अस्थायी प्रहरि पाेष्टका प्रमुख,शिक्षक, पत्रकार,विध्यार्थी,समाजसेवि लगायकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया