Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको मंगलसेन नगरपालिका १४ कालागाउँ दाईजेपानिका ६५ बर्षिय मान बहादुर सोडारीको मृत्यु भएको हो।

मृतक सोडारी घरबाट २ किलोमिटर टाढा भुसिङ्गेको भिर सिचाइको पाईप हेर्न गएको अवस्थामा दिउँसो १२ बजे तिर भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलास बिष्टले बताए ।

तपाईको प्रतिक्रिया