Advertisement
SKIP THIS
सडक डिभिजन कार्यालय अछामकै आगनको प्रखाल निमार्ण सम्पन्न भएको बर्ष दिन नपुग्दै भत्कीयो

निराकरण खबर अछाम:सडक डिभिजन कार्यालय अछाम साँफेबगरले आफ्नै आगनमा बनाएको प्रखाल भत्किएको छ ।
सडक डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७ ÷०७८ मा साँफे चौखुटे सडकमा पुर्वाधार निर्माण सहित कार्यलयको प्रखाल निर्माणका लागि ४१ लाख ८५ हजार भुक्तानी गरेको छ ।

निमार्ण कम्पनी जय श्रि बैधनाथ निर्माण सेवा अछाममले निर्धारति समयमा निमार्ण सम्पन्न नगरे पछि थप २ महिना समय अवधि थपेर निमार्ण सम्पन्न गरेको थियो । निर्माण समय भएको बर्ष दिन नपुदै करिब ३० मिटर लामो प्रखाल क्षदबिक्षेद गरि भत्किएको छ ।

यता सडक डिभिजन कार्यालयले भने निमार्ण समय सकिएको एक बर्ष सम्म निमार्ण कम्पनीकै जिम्मा भएकाले भत्किएको प्रखाल पुनः निर्माणको काम समेत निर्माण कम्पनीको भएकाले निर्माणको लागि पत्र काटेको कार्यलय प्रमुख बिवस बाबु सहादेवले बताए ।

सडक डिभिजन कार्यालयकै आगनको प्रखाल निमार्ण सम्पन्न भएको बर्ष दिन नपुग्दै भत्कीदा सडक डिभिजन कार्यालयले गरेका अन्य काममा कस्तो गुणस्तर होला भनेर स्थानियले प्रश्न गरेका छन ।

तपाईको प्रतिक्रिया