Advertisement
SKIP THIS
अछामका कार्यलय प्रमुखको कार्यलय छोड्न नपाईने: बिदामा गए प्रयाप्त आधार

अछाम: जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयहरुका कार्यालय प्रमुख एवम् अन्य कर्मचारीहरुले प्रयाप्त आधार र कारण बिना जिल्ला छाड्न नपाईने भएको छ ।

सदरमुकाम मंगलसैनमा प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो । कार्यालयको कामकाज र अन्य विविध कारणले जिल्ला छाड्नु परेमा वा विदामा बस्नुपर्ने भएमा कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारी अन्य कर्मचारीले कार्यालय प्रमुखलाई जानकारी गरेर मात्र जाने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यस्तै जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुले सार्वजनिक सवारी साधन जिल्लाभित्र विदाको दिन सञ्चालन गर्नुपर्ने स्थिति भएमा र कार्यालयको कामकाजको लागि जिल्ला बाहिर जानुपर्ने भएमा सवारी पास लिएर मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै सार्वजनिक विदाको दिन कार्यालयको कामकाज विना सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने र सवारी पास लिन आउदा प्राप्त आधार र कारण खुल्ने कागजात पेश गर्नु पर्ने भएको छ ।

जिल्लास्थित सम्पूर्ण कार्यालयहरुले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, विपद्व व्यावस्थापनका कार्यहरु तदारुकताका साथ अगाडी बढाउने तथा आम नागरिकमा सुशासन कायम भएको अनुभुति दिलाउनको लागि सेवा प्रवाहका नविनतम अवधारणालाई आत्मसाथ गर्ने निर्णय समेत बैठकले गरेको छ ।

कोभिङ १९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरुमा संक्रमणको नया स्वरुप ९भेरियन्ट० देखा परेकोले सार्वजनिक सेवा प्रवाह गर्ने क्रममा सम्पूर्ण कार्यालयहरुले मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आर्चायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया