Advertisement
SKIP THIS
तस्करीसँग मिलेमतो गरेको आरोपमा कैलालीमा सई र प्रहरी सहायक हवल्दारको जिम्मेवारी खोसियो

टीकापुर:तस्करीसँग मिलेमतो गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक हवल्दारको जिम्मेवारी खोसिएको छ ।

सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिए ।

उनीहरूलाई सादा पोशाकको जिम्मेवारीबाट हटाएर कार्यालयभित्रै अन्य काममा खटाएको छ ।

एसपी पालका अनुसार उनीहरूले तस्करहरूसँग मिलेमतो गरेको भन्दै बेनामे उजुरी परेपछि आन्तरिक रूपमा छानविन थालेको हो ।

छानविनबाट दोषी देखिए उनीहरू दुबै जनालाई कारबाही गरिने उनले बताए ।

‘उजुरी परेपछि हामीले छानविन गर्नुपर्ने हुन्छ । त्यसैले हामीले आन्तरिक रूपमै छानविन प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘सादा पोशाकमा खटिने उनीहरूको जिम्मेवारी थियो । अहिले कार्यालयकै अन्य काममा खटिनेछन् ।’

तपाईको प्रतिक्रिया