Advertisement
SKIP THIS
बान्नीगढीमा सम्पन्न अपाङ्गता परिचयपत्र शिविरबाट ७२ जनाले सेवा लिए

निराकण खबर अछाम: अपाङ्गता परिचयपत्र बितरणका लागी दुई दिने शिविर बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

दुई दिने सम्म चलेको शिविर मंगलबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेबी र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका स्वास्थ्य चौकी कालिकामा सञ्चालन गरिएको थियो ।

जस अनुसार मंगलबार ३४ जना गरी क वर्गका १ जना,ख वर्गका १४ जना, ग वर्गका ११ जना र घ वर्गका ८ जना त्यसैगरि बुधबार क वर्गका ६ जना,ख वर्गका ७ जना,ग वर्गका ९ जना र घ वर्गका १० जनाले सेवाबाट लाभ लिएका छन ।

दुई दिन सम्म चलेको शिविरबाट ७२ जनाले सेवाग्रहीहरु लाभाम्बित भएका हुन् । शिविरबाट कहि कतै छुटेकाहरुले गाउँपालिकामा समन्वय गर्न गाउँपालिकाका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख समिक्षा थापाले जानकारी दिईन।

तपाईको प्रतिक्रिया