Advertisement
SKIP THIS
उस्का पनि औँठाछाप रहेछन् तमसुकमा

अछाम:

तिम्रा आँखाले कहाँ कहाँ देखेका छैनन् ?
मेरा आँखाले त आँखा देखेका छैनन्

जोखिम उठाउनु पर्छ सुन्दर बन्नलाई
लाग्छ बगरहरूले झरना देखेका छैनन्

यहाँ ढुङ्गालाई ईश्वर देख्ने पनि छन्
सबैले ईश्वरलाई ढुङ्गा देखेका छैनन्

उस्का पनि औँठाछाप रहेछन् तमसुकमा
जसले आजसम्म औँला देखेका छैनन्

सहरले सबथोक लुकाएर राखेको छ
गाउँले आजसम्म पर्दा देखेका छैनन्

कमल सङ्घर्ष
खुडीबाट

तपाईको प्रतिक्रिया