Advertisement
SKIP THIS
अपाङ्गता परिचयपत्र बितरणका लागी एक दिने शिविर जयगढमा सम्पन्न

अछाम : अपाङ्गता परिचयपत्र बितरणका लागी एक दिने शिविर बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र बितरण समन्वय समिती संयोजक बिन्दु रावलको अध्यक्षतामा भएको शिविरका प्रमुख अतिथी बान्नीगढी जयगढ गाउपालिका अध्यक्ष टेक बहादुर साउद रहनु भएको थियो ।

बान्नीगढी जयगढ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

जस अनुसार क वर्गका १ जना,ख वर्गका १४ जना,ग वर्गका ११ जना, र घ वर्गका ८ जना गरी जम्मा महिला १४ जना र पुरुष २० जना गरी ३४ जना शिविरबाट लाभाम्बित भएका छन ।

शिविरमा गाउपालिकाका प्रवक्त मोहोनलाल ताम्राकार,वडा नम्बर १ का वडा अध्यक्ष गजेन्द्र बहादुर खड्का, २ का वडा अध्यक्ष नेत्र बहादुर साउद, ३ का वडा अध्यक्ष नवराज साउद, ४ का वडा अध्यक्ष किरन खत्री, निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक प्रसाद रेग्मि, जिल्ला अस्पतालका डाक्टर अतुल भारद्धाज, गाउँपालिकाका कर्मचारी,प्रहरी लगायतको सहभागिता रहेको शिविरको सञ्चालन बान्नीगढी जयगढ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख समिक्षा थापाले गरिन।

यसै गरी बुधबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका स्थीत कालिका स्वस्थ्य चौकीमा हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया