Advertisement
SKIP THIS
पोषण युक्त गाउँपालिका बनाउन सबै  एकजुट हुनु पर्छ, अध्यक्ष साउँद

अछाम : जिल्लाको चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले पोषण युक्त गाउँपालिका बनाउन सबै सरोकारवालाले एकजुट हुनु पर्ने बताएका छन ।

मंगलवार चौरपाटीमा आयोजित वहुक्षेत्रिय पोषण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै अध्यक्ष साउदले वालवालिका तथा सुनौला हजार दिनका आमाको स्वास्थ्यमा पोषण क्षेत्रलाई सुधारका लागि हुनु पर्ने सबै सुचक पुरा गर्न सबै सरोकारवाला, जनप्रतिनिधी तथा कर्मचारीलाई काम गर्न आग्रह गरे ।

वालवालिकाको ८० प्रतिशत दिमागको विकास सुनौला हजार दिनमा हुने भन्दै स्वास्थ्य तथा पोषणमा ध्यान दिनु पर्ने वताए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर देवी खडका, प्रमुख प्रशाकिय अधिकृत धन बहादुर थापा, सात वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य र विषयगत शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण सेवक नेपाल सुआहारा कार्यक्रमका जिल्ला संयोजक सेत बहादुर भुल गरेका थिए ।

तपाईको प्रतिक्रिया