Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाले मंगलबार देखि अपाङ्गता परिचयपत्र बितरण गर्दै

निराकरण खबर अछाम:अपाङ्गता परिचयपत्र बितरण समन्वय समितिको बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ।

अपाङ्गता परिचयपत्र बितरण समन्वय समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको अध्यक्ष्ातामा सोमबार बसेको बैठकले मंगलबार देखि पालिका भित्र रहेका अपाङ्गता भएकाहरुको तथ्यांक संकलन र नबिकरण गर्ने निर्णय गरेको छ। मंगलबार वडा नं १,२,३ र ४ का नागरिकको गाउँपालिका भवन र बुधबार वडा नं ५ र ६ का नागरिकको कालिका स्वास्थ्य चौकीमा तथ्यांक संकलन तथा नबिकरण गरिने संयोजक रावलले बताईन।

अपाङ्ग भएका व्यक्ति तथा निजका संरक्षकहरूको आवतजावतका लागी गाउँपालिकाले नै यातायातको ब्यावस्था समेत गर्ने उनले बताईन। परिचयपत्र पत्र बनाउन फोटो अनिवार्य र नबिकरण गर्नको लागि पुरानो परिचय पत्र अनिवार्य रहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया