Advertisement
SKIP THIS
सुस्त गतिमा त्रीद्धेशिय सेती राजमार्ग

तारामान खड्का अछाम :निमार्ण शुरु एक दशक बढी बितीसक्दा समेत त्रीद्धेशिय सेती लोकमार्ग निमार्ण सम्पन्न हुन सकेको छैन । कैलालीको टीकापुर, डोटी अछामको साँफेबगर,बाजुरा र बझाङको चैनपुर ताक्लाकोट सम्म ३ सय ५९ कीलोमीटर सडक एक दशक सम्म १ सय ८७ कीलोमीटर मात्रै ट्याक खोलीएको छ । राजमार्गको काम गर्न २ खण्डमा कार्यालय स्थापना गरिएका छन । दक्षिणी खण्डको २ सय ४२ किलोमिटर सडकको लागी अछामको साँफेबगर र उत्तरी क्षेत्रको १ सय १७ किलोमिटरको लागी बझाङको चैनपुरमा कार्यलय स्थापना गरिएका छन ।

सुदुरपश्चिम प्रदेशको साबिक सेती अञ्चलको ५ वटा जिल्ला मध्ये कैलालीको दक्षिण भाग भारतको सिमानाबाट प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये करिब सबै भन्दा छोटो दुरीको सेती राजमार्ग हो ।

२०७२ सालमा सुरु भई २०७९÷८० मा सम्पन्न गर्नुपर्ने त्रीद्धेशिय सेती राजमार्ग निर्धारित समय सकीन लाग्दा समेत निमार्ण कार्यले तिब्रता पाउन सकेको छैन । दक्षिणी खण्डको २ सय ४२ किलोमिटरमा बिभीन्न खण्ड गरि १ सय ४७ किलोमिटर र उत्तरी क्षेत्रको १ सय १७ मा ४० किलोमिटर ट्याक खोलिएको छ । कैलालीको बौनीया देखि डोटीको ठुलागाड सम्मको ५७ किलोमीटर मध्ये २० किलोमीटर सडकमा लामो समयदेखि रुख कटानको अनुमती नपाउदाँ ट्याक खोल्ने काम समेत रोकीएको थियो गत बर्ष मन्त्रीपरिषदको निर्णयले रुख काट्ने अनुमती पछि काम भईरहेको छ ।

डोटीको ठुलीगाड देखि सिलीगाड सम्म रहेको ४० किलोमीटरको सडक खण्डको कुनै पनी काम सुरु नै भएको छैन । सेलीगाड देखि अछामको साफेबगरको ३२ किलोमीटर सडक खण्डको २४ किलोमीटर सडक खण्डको ट्याक खोलीएको छ ।

सेती राजमार्ग अन्र्तगत दक्षीणी खण्डको २ सय ४२ किलोमीटर क्षेत्रमा १६ भन्दा बढी पुल आवश्यक भएपनी ४ पुलको मात्रै काम समेत मिती सकिदा सम्म समेत सम्पन्न हुन सकेका छैनन् । यस क्षेत्रबाट निवाचीत जनप्रतिनीधीले निर्वाचनका बेला मात्रै सेती राजमार्गकको बिषय उठाउने , निवार्चन जित्ने अस्त्र बनाएका अछामको साँफेबगरका दिपक खड्काले बताए ।

प्रयाप्त बजेट बिनीयोजन नहुने बिनीयोजन भएको बजेट समेत खर्च गर्न नसक्दा सूदूरपश्चीमको गौरवको आयोजना सुस्त गतिमा रहेको छ । सेती लोकमार्ग बने कैलाली सहित डोटी,अछाम बाजुरा र बझाङ जिल्लाका विकट ठाउँमा बजारको पहुँच पुग्नेछ । हल कैलालीबाट अछामको साफेबगर जान भिमदत्त राजमार्ग हुदै २ सय ६० किलोमीटरको सडक १ सय २९ किलोमीटरमा झर्नेछ । सेती लोकमार्ग बने भारत र चीनसंग नेपालले ब्यापार वृद्धि गर्नका निमित्त नेपालमा यो भन्दा छोटो सडक बन्नेछ ।सेती राजमार्ग बने हाल बढी दुवानि लाग्ने गरेको शुल्क समेत कम भई दैनिक उपभोग्य बस्तुको मुल्य समेत केही सस्तो हुने अछामको साँफेबगरका ब्यापारी भरत बुढ्थापाले बताए ।

सेति राजमार्गलाई प्रमुख चुनावी एजेन्डा बनाई विजयी स्थानीय जनप्रतिनिधि, प्रदेश र प्रतिनिधिसभा सदस्यको भने सडक निर्माणप्रति ध्यान जान सकेको कैलाली बौनियाकी मनजिता श्रेष्ठले बताईन।
केहि समय अघि सम्म पनि सेति राजमार्गका आफ्नै कर्मचारी नहुदाँ सडक डिभिजन कार्यलयले हेरिरहेको थियो । अहिले भने राजमार्गका प्रयाप्त नभएपनि कर्मचारी रहेका छन । साफेबगरमा रहेको कार्यलयबाट काम भईरहेको कैलालीको बौनीया क्षेत्र जान १२ घण्टा लाग्ने र अर्को काम भइरहेको क्षेत्र बझाङ जान समेत सोहि समय लाग्ने गर्दा समेत कामको कार्यालयले निगरानी गर्न सकेको छैन ।

पहिले बर्ष बर्षमा ठेक्का आह्वान गर्नु अवस्था भएकोले काममा ढिलासुस्ती भएको सेती राजमार्ग योजना प्रमुख रमेश भट्टराईले बताए । कैलाली देखि साँफेबगर खण्डको लागि बहुबर्षिय ठेक्का लगाईसकको अवको ३ बर्षमा अछामको साँफेबगर सम्म ट्याक खोलिने लक्ष्य रहेको उनलेे बताए ।
सेती राजमार्ग बने भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीका लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ। बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको बजार सम्मको पहुँच सहज हुनेछ ।

तपाईको प्रतिक्रिया