Advertisement
SKIP THIS
नेतृत्व क्षमता विकास तथा ब्यवसायिक उधमशिलता सम्बन्धी तालिम चौरपाटीमा सम्पन्न

शेर बहादुर शाह अछाम : सिप सिकौ आत्मनीर्भर बनौ भन्ने मुल नाराका साथ महिला सशक्तीकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमता विकास तथा ब्यवसायिक उधमशिलता सम्बन्धी ७ दिने तालिम आईतवार चौरपाटीमा सम्पन्न भएको छ । उधमशिलता सशक्तीकरणको माध्यम बाट महिलाहरुको आर्थिक,सामाजीक रुपान्तरण र क्षमता अभिबृद्धी गरी दिगो बिकास हासिल गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको थियो ।

चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले तालिम तालिमका लागि मात्र नभई व्यवहार परिवर्तन हुनु पर्नेमा जोड दिए। अध्यक्ष साउदले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गरे मात्र तालिमको औचित्य पुरा हुने भन्दै आफुले सिकेका सीप गाउँ समुदायमा प्रयोग गर्न आग्रह गरे।

सुदुरपश्चिम प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,शिक्षा विकास निर्देशनालय र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा भएको तालिमको समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले,सहभागीको तर्फबाट मोतीसरा धामी लगायतले मन्तव्य राख्नु भएको थियो । तालिममा गाउँपालिकाका सात वटै वडाका १५ जना महिलाको सहभागिता रहेको थियो ।तालिमको सहजीकरण सामाजिक विकास कार्यालय अछामका नारायणी उपाध्याय, चौरपाटी कृषि शाखा प्रमुख झप्पर भुलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया