Advertisement
SKIP THIS
अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले पैसा लिएर उतिर्ण परिक्षार्ति उतिर्ण गराएको आरोप

निराकरण खबर अछाम : अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाले करारमा आफ्ना नजिकका व्यक्तिलाई पास गराएको आरोपमा पालिकामा तालाबन्दी गरिएको हो । 

असन्तुष्ट पक्षले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले आफ्ना नजिक र परिक्षार्तिहरुबाट पैसा लिएर उतिर्ण गराएको भन्दै पालिकामा ताला लगाएका हुन।उनिहरुले परीक्षा पुनः हुनुपर्ने गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सँगै बसेर प्रश्न पत्र तयार हुनुपर्ने माग राखेका छन।

यता प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले आफुले पैसा लियर उतिर्ण गराएको भए साबित गर्न चुनौती दिए। उनले राजनीतिक कांग्रेस एमाले र माओवादीकाहरुले पर्दा पछाडिबाट यस्तो गरेको बताए । परिक्षामा शुन्य नम्बर ल्याउने ब्याक्तीले आन्दोलनको नेतृत्व गरेको बताए ।

शनिबार गाउँपालिकाले बिभिन्न पद पुर्तिका लागि परीक्षा लिएको थियो ।चुनाव अगाडि नै पालिकाले बिभिन्न पदमा १३ जना कर्मचारीको पदपुर्तिका लागि विज्ञापन गरेको थियो । तर, निर्वाचन आचारसंहिता लगायत अन्य कारणले परिक्षा हुन सकेको थिएन् ।  

तपाईको प्रतिक्रिया