निराकरण खबर अछाम: ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाली काग्रेंस प्रदेश कार्यसमिति अछाम १ ‘क’ को आयोजनामा क्षेत्रिय कार्यलय साँफेबगरमा चियापान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार नेपाली कांग्रेस अछाम १ प्रदेश ‘क’ का सभापति महेश खड्काको सभापत्तित्वमा चियापान कार्यक्रम सम्पन्न भएको हो
चियापान कार्यक्रम प्रमुख अथिति नेपाली कांग्रेस सुदूरपश्चिम सदस्य रुपा आउजि,महासमिति सदस्य जयन्द्र स्वार,भगवती खनाल,महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर कुँवर, अप्सरा कुँवर
क्षेत्रिय सभापति कृष्ण बुढा, जिल्ला कार्यसमिति सदस्य गोकुल भाट,सुरत सुनार लगायत नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति, नगर कार्यसमिति , वडा कार्यसमितिका नेता तथा कार्यकर्ताको सभागिता रहेको थियो ।