निराकरण खबर डाेटी :सामुदायिक विकास केन्द्र (सिडिसी)डाेटीकाे बार्षिक प्रगति समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार दिपायल सिलगढी नगरपालिकाकाे सभाहलमा एक ओैपचारिक कार्यक्रम गरी आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले बिभिन्न परियाेजना मार्फत बार्षिक रुपमा गरेका बिभिन्न कामकाज,त्यसकाे उपलब्धि सहित आर्थिक काराेबार समेत सराेकारवालाहरू समक्ष विवरणहरु सहित प्रस्तुत गरेकाे थियाे ।
गुड नेवर्स इन्टरनेशनल नेपाल, नेपाली जुटाै, मर्सिकार्स नेपाल र वर्ड भिजनकाे आर्थिक सहयाेगमा संचालित ४ बटा परियाेजनाकाे बार्षिक रुपमा गरियका गतिविधि तथा प्रगति सम्वन्धित परियोजनाका प्रमुख हरुले प्रस्तुति राखि उठेका सवालमा छलफल समेत गरिएकाे थियाे।
बार्षिक प्रगति समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रमकाे सभापतित्व संस्थाका अध्यक्ष हेमराज जाेशिले गर्नुभएको थियो भने प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह बिशिष्ट अतिथिमा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत लाेकेन्द्र भट्ट आदर्श गाउँपालिका अध्यक्ष गणेश वहादुर खड्का लगायत कार्यक्रम लागु भएका पालिकाका जनप्रतिनिधि शिक्षक बिभिन्न समुहमा बसेका व्याक्ती हरूकाे उपस्थिति रहेको थियो।
संस्थाले आफ्नाे ३०औं स्थापना दिवसकाे अबसर पारी गरेकाे बार्षिक प्रगति समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रममा लामाे समय देखि संस्थालाई बिभिन्न माध्यमबाट सहयाेग गरेकाे भन्दै जिल्लाका ९ वटै स्थानिय तह,नेपाल पत्रकार महासंघ,जिल्ला भित्रका संचार गृह लगायतलाई सम्मान स्वरुप मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।