Advertisement
SKIP THIS
समुदाय र विद्यालय बिच महिनावारी छुवाछूत न्युनिकरणका लागि कार्यक्रम सम्पन्न

डाेटी :समुदाय र विद्यालय विच महिनावारी छुवाछूत न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सम्पन्न गरिएकाे छ । बुधबार गुडनेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्रविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डाेटीद्वारा संचालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत शिखर नगरपालिका वडा नम्बर ६ को सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महिनावारी स्वाछता तथा सरसफाई सम्बन्धी चेतना मुलक सडक नाटक महिनावारी, सरसफाई देउडा प्रस्तुति, हाजिरिजवाफ, बिभिन्न सांस्कृतिक कार्यक्रम लगायतका क्रियाकलाप गरिएको सामुदायिक विकास केन्द्र डाेटीद्वारा संचालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गतकि स्वास्थ्य क्षेत्रकी प्रमुख सपना बुडाथाेकिले जानकारी दिईन।

समुदाय र बिध्यार्थी बिच चेतना हाेस भन्ने उद्देश्यले संचालन गरिएकाे कार्यक्रमकाे सभापतित्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओमप्रकाश फुलाराले गरेका थिए भने प्रमुख अतिथीमा सिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिर्घ सिंह ,बिशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष टिका फुलारा विद्यालय परिवार, शिक्षक,अभिभावक,बिध्यार्थी,बुद्दिजिबी समाजसेवीको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया