Advertisement
SKIP THIS
बिधालयलाई आर्थिक र भाैतिक संरचनाकाे अभाव हुन दिने छैन, नगरप्रमुख खड्का

निराकरण खबर डाेटी :दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ‘विजय’ले बिधालयलाई आर्थिक र भौतिक संरचनाको अभाव हुन नदिने बताए । मंगलबार सुनादेवी माध्यमिक विद्यालयकाे ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमकाे प्रमुख अतिथीकाे आसनबाट बाेल्दै उक्त कुरा बताएका हुन ।

आफु स्थानीय सरकारको प्रमुख भयका हैसियत ले बिध्यालयमा विध्यार्थीकाे चाप बढेको र शिक्षक दरवन्दि कम भैइ बिध्यालय व्यावस्थापन र अभिभावकलाई चन्दा संकलन गरि निजि शिक्षक राख्नुपर्ने वाध्यताले आर्थिक भार बढेकाे हुँदा नगरपालिकाकाे विनियोजन बजेट बाट पनि प्रस्ट हुन्छ शिक्षामा पहुँच पुगाेस भन्ने उद्देश्यका साथ दिपायल सिलगढी नगरपालिकालागी परेकाे बताए ।

आर्थिक वर्ष भन्दा आउदा वर्षमा अझै जाेड दिने प्रतिवद्धता गर्दै बिधालयमा भवनआभाव र फर्निचर लगायत आवस्यक पर्ने आवश्यकतालाइ औल्याए र सम्पुर्ण नगरपालिका लाइ शैक्षिक गुणस्तर सुधारका लागी सवै संग समन्वय गरि अगाडी बढ्ने नगर प्रमुख खड्काले बताए ।

“गुणस्तरीय शिक्षा आजकाेे आवस्यकता, शैक्षिक गुणस्तर विकासमा हामि सवैकाे प्रतिवद्धता ” भन्ने मुल नाराका साथ बिध्यालयकाे आयाेजना र सामुदायिक बिकास केन्द्रकाे आर्थिक सहयोगमा ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापतित्व बिध्यालय व्यावस्थापन समिति अध्यक्ष सरस्वती बुढा (साउद) बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य राम वहादुर खड्का वडा अध्यक्ष दशरथ बलायर,वडा सदस्य हरु, नगरपालिकाका शिक्षा शखा प्रमुख लक्ष्मिराज ओझा लगायत अभिभावक ,समाजसेवि, बुद्धिजिवि, विभिन्न राजनितक दलका प्रतिनिधि अभिभावक,शिक्षक, बिध्यार्थी काे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया