Advertisement
SKIP THIS
९ किलो चरेस सहित एक युवक प्रकाउ

धनगढी:बझाङ घर भएका एकजना युबक कैलालीको अत्तरियाबाट चरेस सहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।

उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका दौल्यालको साथबाट चरेस जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया