Advertisement
SKIP THIS
बुवा सम्झनामा कैदि सोडारीद्वारा बिधार्थीलाई न्यानो लुगा र झोला बितरण

निराकरण खबर अछाम:मंगलसेन नगरपालिका १४ मा रहेको अन्नपूर्ण माध्यमिक बिधालयमा अध्यनरत दलित छात्रा तथा छात्रालाई न्यानो लुगा र झोला बितरण गरिएको छ।

बुधबार मंगलसेन नगरपालिका १४ कालागाउका पुर्व नेपाल शिक्षक संघ ट्रेड युनियन जिल्ला कार्य समिती अछामका सदस्य स्व राम बहादुर साेडारीकाे पाँचाेै स्मृति दिवसकाे सम्झनामा उनका कान्छा छाेरा नवीन साेडारी बिधालयमा अध्यनरत दलित बालबालिकालाई उप्त सामाग्री सहयोग गरेका हुन।

सोडारी जिल्ला कारागार अछाममा कैदी रहेका छन। उनले अन्नपूर्ण माध्यमिकका बाल बिकास देखि पाँच कक्षा सम्म अध्यनरत दलित छात्र , छात्राहरुलाई न्यानाे स्कुल पाेषाक, स्विटर वडा अध्यक्ष शिव बहादुर साेडारीलाई हस्तान्तरण गरि बिधालयमा बितरण गरेका हुन।

तपाईको प्रतिक्रिया