निराकरण खबर अछाम:महालक्ष्मी बैंकद्वारा साँफेबगरमा एटीएम मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहहरुको मागलाई मध्यनजर गर्दै एटीएम मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिंग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्धेश्यका साथ बिहिवार एटिएम सेवा सुरु गरेको छ।
उक्त सेवाको उद्घाटन अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले रिबन काटेर सुरुवात गरे।साँफेबगरमा एटीएम सुरु गरे सँगै देशभर ४९ एटिएम पुगेको छ।
एटिएम सेवा २४ घण्टा खुल्ला रहने बैंकका प्रबन्धक पुनित शाहले बताए। उनले ग्राहकको सेवालाई मध्ये नजर गरेर महालक्ष्मी विकास बैंकले एटिएम सेवा संचालन गरीएको बताए।