Advertisement
SKIP THIS
चौरपाटीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया

शेर बहादुर शाह अछाम :चौरपाटी गाउँपालिकामा भ्रष्टचार विरुद्धको सहकार्य शुसाशनका लागि अपिहार्य भन्ने मुल नाराका साथ भष्ट्रचार नियन्त्र तथा शुसाशन सम्बन्धि पालिका स्तरीय अन्तक्रिया कार्यक्रम चौरपाटीमा सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय कन्चनपुरको आयोजनामा भएको कार्यक्रममा चौरपाटी गाउपालिकाका अध्यक्ष भिम बहादुर साउद रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष साउदले भ्रष्टाचार न्यूनिकरणका लागि जनसमुदाय स्तरबाटै सहयोग गर्नु पर्ने बताए ।कार्यक्रममा बोल्दै अध्यक्ष साउदले गाउँपालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउन जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिको मुख्य भुमिका रहने हुदाँ योजना तथा पालिकाबाट हुने गतिविधिको निगरानि गर्नु पर्नेमा जोड दिए ।कार्यक्रमका सहभागीले भ्रष्टाचार नियन्त्रण कार्यक्रममा एकिबद्वतता गर्ने प्रतिवद्वतता जनाए।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष सर देबि खड्का , प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, लेखापाल अर्जुन प्रसाद जोशी ,चौरपाटी गाउपालिकाका सात वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,बिषयगत शाखाका प्रमुख,बिधालयका प्रअ,बिब्यस अध्यक्ष,बरिष्ठ अनुसन्धान सहायक सुवास शर्मा पौडेल लगायतको सहभागिता रहेको रहेको थियो ।

नापी अधिकृत ईन्द्र बहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्जिनियर पुष्प राज भट्टले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया