Advertisement
SKIP THIS
अत्तरिया बजारमा सुनचाँदी व्यवसायी गौतममाथि गोली प्रहार

अत्तरिया: कैलालीकाे अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । गोदावरी नगरपालिका १ पूर्व-पश्चिम राजमार्गमा आज साँझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर मोटरसाइकलमा घर जाँदै गरेका गौतमलाई विपरीत दिशाबाट मोटरसाइकलमै आएकाले गोली प्रहार गरेको बताए ।

पहिलो गोली छल्न सफल गौतमलाई पुन: दोस्रो गोली हान्दा हातमा लागेको प्रहरीले जानकारी दिएको छ । गोलि लागि घाइते भएका गौतमको अत्तरियास्थित पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । गोलि प्रहार गर्नेको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी जोशीले बताए ।

तपाईको प्रतिक्रिया