अछाम:नेकपा एमालेका नेताहरुले समानुमातिक सुचिमा विभेद भएको भन्दै पार्टीको निर्णय विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
नेकपा एमाले अछाम अछामका नेता भरत साउँद र राधिका भुजेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
पिछडिएको क्षेत्रबाट सुदूरपश्चिम प्रदेश सभाको सदस्यका लागि साउँदको नाम पहिलो नम्बरमा रहेको थियो । दलित महिलाबाट भुजेलेको नाम पनि समाबेश थियो ।
यद्धपी पार्टीले उनिहरुलाई समानुपातिक सांसद बनाएन् । पार्टीले विधि र पद्धति मिचेर निर्णय गरेको भन्दै एमालेमा विरोध सुरु भएको छ ।
कानूनी र प्रक्रियागत आधारमा उक्त नामावालीमा मेरो नाम समावेश हुनुपर्नेमा नभएकोले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक तर्फको सदस्यमा बन्दसूची अनुरुप मेरो नाम नपठाई अन्यथा गरी पठाएको नाम बदर गरी मेरो नाम कायम गरियोस् भनी यो निवेदन पेश गरेको छु ।’न्यूजगृह