डाेटी : डोटीको पुर्विचाैकि गाउपालीका वडानम्वर ७ पाेखरीले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बिभिन्न कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य पर्वद्धनमा हाम्रो ऐक्यवद्धता भन्ने नाराका साथ गुडनेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्रविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डाेटी द्वारा संचालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य सम्बन्धी चेतना मुलक सडक नाटक महिनावारी, सरसफाई देउडा प्रस्तुति लगायतका क्रियाकलाप गरेर सम्पुर्णकाे उपस्थितिमा वडामा अवस्थित मष्टामान्डाै माध्यमिक विद्यालयकाे प्राङ्गणमा उक्त कार्यक्रम मनाइयकाे सामुदायिक विकास केन्द्र डाेटी द्वारा संचालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गतकि पव्लिक हेल्थ असिस्टेन्ट सपना बुडाथाेकिले जानकारी दिईन। ।
उक्त वडाका विभिन्न टाेलमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविका लाइ संस्थाले न्युन सेवा सुविधा भय पनि समाजलाइ रातदिन नभनि दत्तचित्त भयर स्वइच्छाले कामकाज गरेकाे भन्दै सवैलाइ सम्मानित पनि गरेको वुडा थाेकिले बताइन ।
कार्यक्रममा पुर्विचाैकि गाउँपालिका स्वास्थ्य इन्चार्ज रामप्रसाद पाठक ,विध्यालय परिवार, शिक्षक , अभिभावक बुद्दिजिबी तथा सम्पुर्ण काे उपस्थिति रहेको थियो।