Advertisement
SKIP THIS
पत्रकारिताको मार्यादालाई बचाउन पत्रकारलाई एमाले नेता शाहको आग्रह

अछाम : नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश बहादुर शाहले पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नुपर्ने बताए ।

अहिलेको आवश्यक्ता भनेको खोज पत्रकारिता भएकाले खोज पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका क्षेत्रमा वकालत गर्नुपर्ने बताए । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको साफेबगरमा सम्पन्न भएको समिक्षात्मक बैठकमा प्रमुख अतिथीको आसनबाट बोल्दै नेता शाहले पत्रकारहरुले आफ्नो आचार संहितालाई ध्यानमा राख्दै राजनितिक दलहरुलाई पनि खबदारी गर्नुपर्ने सुझाव दिए।

सबैको मुलनिती भनेकै राजनिति भएकाले राजनिति गर्ने नेताहरुलाई गलत बाटोमा जान बाट रोक्न पत्रकार र संचार माध्यमले भूमिका खेल्नुपर्ने बताए ।मंशिर ४ गते सम्पन्न भएको निर्वाचनको समिक्षा सहित नेकपा एमाले पार्टीलाई अछाम जिल्लामा थप सुदृढ बनाएर लैजानका लागि नेतृत्वले भूमिका खेल्ने नेता शाहले बताए ।

कार्यक्रममा बोल्दै प्रेसचौतारी नेपालका केन्द्रिय सदस्य शिवराज ढुंगानाले प्रेसचौतारी नेपाल व्यवसायीक पत्रकारहरुको संगठन भएकाले यस संगठनमा आवद्ध पत्रकारहरुले सृजनशिल भएर समाजका पक्षमा कलम चलाउनुपर्ने बताए । अहिले पनि समाजमा विभिन्न खालका समस्याहरु रहेकाले आवाज विहिनहरुको आवाजलाई संचारमाध्यम मार्फत बुलन्द गर्नुपर्ने सुझाव दिए।

प्रेसचौतारी नेकपा एमाले संग आस्था राख्ने पत्रकारको संगठन भएपनि पार्टीका गलत गतिविधकिा विरुद्धपनि कलम चलाउन सक्नुपर्ने उनको भनाई छ । 

तपाईको प्रतिक्रिया