Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिकाद्धारा पुर्वीचौकीका भूकम्प पिडीतलाई ३ लाखकाे चेक हस्तान्तरण

डोटी: डोटीको पुर्विचौकी गाउँपालिकाका भूकम्प पिडीतलाई दिपायल सिलगढी नगरपालिकाले तीन लाख आर्थिक सहयोग गरेको छ ।

सोमवार नगर प्रमुख बाजी खड्का (विजय) ले पुर्वीचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायलाई दिपायल सिलगढी नगरपालीकाको कार्यालयमा चेक हस्तान्तरण गर्नुभएको हो ।

गत बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले भूकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

भूकम्प बाट गाउँपालिकामा ठुलो क्षति पु¥याएको अवस्थामा दुखमा दिपायल सिलगढी नगरपालिका गाउँपालिका सँगै भएको महसुस गराउन उक्त सहयोग गरेको नगर प्रमुख खड्काले बताए ।

पिडितहरुका लागि विभिन्न संघसस्थाबाट सहयोग प्राप्त भइरहेको र त्यसलाई एकद्वारा प्रणालीद्वारा वितरण गरिने पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।

स्थानीय सरकारमा कांंठमाडौ महानगरपालिकाले १० लाख र दिपायल सिलगढी नगरपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ । हाल प्रभावित त्रिपालमुनि बसिरहेका छन् ।

भूकम्पबाट क्षति पुगेको ठाउँ खप्तडसँगै जोडिएको हुनाले यहाँ हिउँ पर्ने समय हुनै लागेकोले पनि चाँडै अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

गत कार्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो ।

जसले पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरागाउका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया