Advertisement
SKIP THIS
पत्रकार महासंघ अछामको साधारणसभा पर्यटकीय क्षेत्र नैनीमा गर्ने निर्णय

अछाम :यहि मंसिर २४ गते खप्तड नैनीमा साधारण सभा गर्ने निर्णय गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले शाखाको ८औं साधारण सभा पर्यटकीय क्षेत्र नैनीमा गर्ने निर्णय गरेको हो ।

जिल्लाको पर्यटकिय क्षेत्र खप्तड नैनीको प्रचार प्रसारमा समेत टेवा पुग्ने हेतुले ८ औँ साधारण सभा त्यहाँ गर्न लागिएको जिल्ला अध्यक्ष खत्रीले बताए । केन्द्र र प्रदेश तथा जिल्लाका पत्रकार एवंम संचारकर्मीहरुको उपस्थितीले प्रचार प्रसारमा टेवा पुग्ने भएकाले नैनीमा साधारण सभा गर्न लागिएको उनले बताए ।
उक्त बैठकमा महासंघ प्रदेशका अध्यक्ष, छिमेकी जिल्लाका अध्यक्ष, अछाम स्थित स्थानिय पालिका, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरुलाई साधारण सभामा आमन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले पत्रकार महासंघका साधारण सदस्यहरुले आफ्नो सदस्यता मंसिर महिना भित्र गरिसक्नु पर्ने समेत निर्णय गरेको छ । २ बर्षको बाँकी रहेको सदस्यता शुल्क सहित आफ्नो सदस्यता नविकरण गर्न महासंघ अछामले आग्रह गरेको छ ।

यस्तै बैठकले छिमेकी जिल्ला सुर्खेतमा आउदो पौष ७ र ८ गते हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा तथा कैलालीमा हुने सुदूरपश्चिम प्रदेशको साधारण सभा सफल पार्न आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया