Advertisement
SKIP THIS
पत्रकार महासंघ अछामको बैठक ऐतिहासिक क्षेत्र बान्नीगढीमा सम्पन्न

निराकरण खवर अछाम:नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक ऐतिहासिक क्षेत्र बान्नीगढीमा सम्पन्न भएको छ।

बान्नीगढी क्षेत्रको प्रचार प्रसारका लागि यसपटकको बैठक बान्नीगढीमा सम्पन्न गरेको महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए ।बान्नीगढी क्षेत्रको महत्त्व र प्रचारप्रसार टेवा पुगोस भन्ने उदेश्यले बैठक आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।

बान्नीगढी जयगढ गाँउपालिकाका संगको समन्यवमा बैठक बान्नीगढी मन्दिर क्षेत्रमा गरिएको जिल्ला अध्यक्ष खम्म खत्रीले बताए ।

बैठकमा महासंघ जिल्ला शाखाका पदाधिकारी, प्रदेश सदस्य तपेन्द्र कुवँर, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य शुसिल भण्डारी लगायतको सहभागीता रहेको बैठकको सञ्चालन सचिव पूर्ण बहादुर खड्काले गरेका थिए ।

यस्तो छ बान्नीगढीको ऐतिहासिक महत्त्व

६ सय २२ वर्षअघि देवचन्द्र शाहका छैटौं सन्तानका रुपमा जन्मिएका राजा हरिचन्द्र शाहले बरदादेवी भगवतीको मन्दिर स्थापना गरेदेखि यो ठाउँलाई महत्त्वपूर्णका साथ हेरिन्छ ।
बान्निगढी जयगढ गाउँपालिकाको शिरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र बान्नीगडीमा बरदादेवी भवगतीको मन्दिरसहित पाँच सय मिटर लामो गुफा, विभिन्न किसिमका कुवा, शिवालय, देबीधारा, झिने धारालगायत अवलोकन गर्न पाइन्छ ।

यहाँबाट पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, साइपाल, बडिमालिका, तितौडासहित डोटी, डडेल्धुरा, बाजुरा, बझाङ, दैलेख र कालिकोटका अधिकांश भाग हेर्न सकिन्छ । जसले गर्दा यो प्रकृतिले नै निर्माण गरिदिएको अत्याधुनिक भ्यूटावर जस्तो लाग्छ ।

समुद्री सतहबाट करिब १३३० मिटर माथि रहेको यो ठाउँमा बिमकोटे, दर्नाली र घुँघुँरकोटे राजाहरुले सुरक्षित ठाउँ ठानेर यसालाई आफ्नो सुरक्षा गणका रुपमा स्थापना गरेको किंवदन्ती छ ।

यो ठाउँ चारैतीरबाट सुरक्षित रहेकाले सोमवंशी राजाका १४ पुस्ताले यो डाँडालाई आफ्नो किल्लाका रुपमा प्रयोग गरेका थिए । नेपाल एकीकरणका बेला बहादुर शाहले स्थापना गरेको दसैं घरसमेत यहीँ छ । अझैसम्म बान्नीगढी क्षेत्रमा ती ठाउँ भग्नावशेसको रुपमा रहेका छन।

तपाईको प्रतिक्रिया