Advertisement
SKIP THIS
पुर्विचाैकीका भुकम्प पिडितलाई दिपायल सिलगढी नगरपालिकाले ३ लाख आर्थिक सहयोग गर्ने

निराकरण खबर डोटी:डाेटीकाे पुर्विचाैकी गाउँपालिकाका भुकम्प पिडितलाई दिपायल सिलगढी नगरपालिकाले ३ लाख सहयोग गर्ने निर्णय गरेकाे छ।

हिजाे विहिवार बसेकाे नगर कार्यपालिकाको बैठक बाट उक्त निर्णय पारित गरिएकाे हाे । हामी मानव भएका खातिर सहयाेगी भावना देखाउन जरुरी देखिन्छ, भुकम्पले जिल्लाका भिन्न ठाउँमा क्षति पुर्यापनी मानवीय र भाैतिक क्षति सवैभन्दा बढी पुर्वीचाैकी गाउँपालिका ले व्यहोर्नु परेकाे हुँदा थाेरै रकम भय पनि उक्त रकम कार्यपालिकाको बैठक बाट पुर्विचाैकी गाउँपालिकाकाे राहत काेषमा प्रदान गर्ने गरि निर्णय गरेकाे दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का’विजय’ले बताए ।

जिल्ला भित्रकाे छिमेकी गाउँपालिकामा यस्तो दुख्ख पर्दा सहयोग गर्ने दायित्वत हुन्छनै यस्ता प्रकृतिक बिपत्तिको समय समयमा सामना गर्नु पर्ने अवस्थामा आउँछ त्याे अवस्थामा जिल्लाभित्र र जिल्लाबाहिर जुनसुकै लाई पनि आफ्नो व्यक्तिगत र पालिकाले गर्न सक्ने सहयाेग निरन्तर गर्ने नगर प्रमुख खड्काले बताए ।

भुकम्पका कारण महिला र बालवालिका बढी प्रभावित हुने भएकाले केहि मात्रमा भए पनि दैनिक जीवनमा सहयोग पुगाैस भन्ने उद्देश्यले हाम्राे कार्यपालिकाकाे टिमले सल्लाह गरि याे निर्णय पारितगरेको दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर साउँद जनाउनु भएको छ।

कार्यपालिका ले राहात काेषमा सहयोग पुर्याउने गरि गरेकाे निर्माण सह्रानिय भएकाे र दुइ तिन दिनमा उक्त रकम पुर्विचाैकी गाउँपालिकाकाे राहात काेषमा जम्मा गर्ने दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार ले जानकारी दिएका छन् ।

गत कार्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका लगायत जिल्लाका बिभिन्न ठाउँमा दर्जनौँ घर क्षति पुर्याउनुका साथै पुर्विचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । गाउँपालिकाकाे राहात काेषमा सहयोग गर्ने र स्वयम भुकम्प पिडित सम्म पुगेर सहयोग गर्ने दाता हरु निरन्तर बढी रहेका छन्।

तपाईको प्रतिक्रिया