Advertisement
SKIP THIS
माओवादी केन्द्र साँफेबगरद्वारा प्रदेश सांसदमा निर्वाचीत झपट साउँदलाई बधाई तथा सम्मान

निराकरण खबर अछाम:नेकपा माओवादी केन्द्र साँफेबगर नगर कमिटीले नव निर्वाचित प्रदेश सभा सदस्य झपट साउँदलाई बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य साउँदले सबै मतदाहरुलाई धन्यवाद ज्ञापन गरे।अब अछाम र विशेषगरी साँफेबगर नगरपालिकामा पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आफ्ना मतदाता र जनतालाई काखापाखा नगरी आफू अगाडी बढ्ने बताए ।

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रंगबहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य ,अछाम जिल्ला इन्चार्ज एवं नव निर्वाचित प्रदेश सभा सदस्य .झपट साउँद प्रमुख अतिथि रहेका थिए ।

माओवादी केन्द्र प्रदेश सदस्य लोक बहादुर बोहरा अविरल विशिस्ट अतिथि , प्रदेश सदस्य मनोज रावल ,प्रदेश सल्लाहकार सदस्य टेक बहादुर बुढा , जिल्ला कमिटी सदस्य हिरिण्ड ठकुल्ला , कमल परियार , दिपक सुनार , अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मीन बाब्ली, क्रान्तिकारी प्रदेश उपाध्यक्ष बैजन्ती कुवर , प्रेस सेन्टर जिल्ला सचिव रमेश परियार , एकीकृत शिक्षक संगठन जिल्ला उपाध्यक्ष मक्र शाह , कालुसिंह परियार , अखिल क्रान्तिकारी अछाम जिल्ला उपाध्यक्ष पुजा बुढा अतिथि रहेका थिए।

साँफेबगर नगर कमिटी तथा वडा कमिटीका पदाधिकारीहरुको समेत कार्यक्रममा उपस्तिथि रहेको थियो ।नगर कमिटी उपाध्यक्ष प्रेम विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कविन्द्र परियार प्रतिबिम्बले गरेका थिए ।

तपाईको प्रतिक्रिया