Advertisement
SKIP THIS
छाउपडि कुप्रथा अन्त्यका लागी कार्यपत्र बनाई रणनितिक योजना सहित अगाडी बढ्छौ, संयोजक कुँवर

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका न्यायिक समितिको बैठक सम्पन्न भएको छ । महिला हिसा बिरुद्धको १६ दिने अभियानको अवसरका सम बिकास नेपालको आयोजनामा बैठक सम्पन्न भएको हो ।

बैठकमा नगर भित्र पुननिमार्ण भएका छाउगोठ व्यवस्थापन गर्ने,बालबिवाह न्यनिकरण र महिला हिसा अन्तयका लागी जनप्रतिनिधिहरुले् खेल्नु पर्ने भुमिकाका बिषयमा छलफल भएको छ । बैठकको अध्यक्षता गर्नु भएका साफेबगर नगरपालिका उपप्रमुख तथा न्यायिक समितका सयोजक शिब बहादुर कुवर शिलोजले छाउपडि कुप्रथा अन्त्यका लागी कार्यपत्र बनाई रणनितिक योजना सहित अगाडी बढ्ने बताउनु भएको छ ।

उनले सामाजिक रुपान्तरणको क्षेत्रमा दण्ड सजाय जरिवाना र पुरस्कारको व्यवस्था सहित नगर अगाडी बढ्ने बताए । उनले कतिपय वडामा शिक्षक कर्मचारीहरुकै गोठ रहेको सुन्नमा आएकाले सबै भन्दा पहिला जनप्रतिनिधि,कर्मचारी,शिक्षकलाई कडा निर्देशनका साथ कार्यान्वयन चरणका लैजाने बताए ।

बैठकमा महिला अधिकारकर्मी पशुपति कुँवरले भौतिक संरचना निमार्णसगसगै मानबिय बिकास र सामाजिक रुपान्तरणको क्षेत्रमा पनि ध्यान दिन र काम गर्न सुझाब दिए । बैठकमा वडा अध्यक्ष वडा सदखस्यहरुको सहभागीता रहेको थियो । बैठकको सहजिकरण सम बिकास नेपालका पवन गीरीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया