Advertisement
SKIP THIS
अछाम २ मा काँग्रेसका पुष्प शाह बिजयी, लिए २०७४ को बदला

निराकरण खबर अछाम:अछाम २ मा सत्तानगठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पुष्प शाह बिजयी भएका छन् ।

बुधबार सम्पन्न मतपिणाम अनुसार नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३हजार ५४ मतका साथ बिजयी भएका छन् । उहाँ निकटक प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य तथा निबर्तमान सासंद यज्ञ बोगटीले १६हजार ३५ मत पाए।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचन शाह र बोगटी आमुन्यसामुन्य भएका थिए । त्यतिबेला बाम गठबन्धनका बोगटीले २१ हजार ९ सय ६५ मत ल्याई बिजयी भएका थिए भने शाहले १९ हजार १ सय ६ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया