Advertisement
SKIP THIS
ओली प्रजातन्त्रवादी होईनन, प्रधानमन्त्री देउवा

निराकरण खबर अछाम:नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र बादी नभएको बताएका छन ।बिहिबार अछाम १ को चौरपाटीमा सत्तागठबन्धनले गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले ओलीले बिरोध मात्रै गर्ने तर उनमा बिरोधलाई सहन गर्ने सक्ने क्षमता नभएको बताए ।

प्रजातन्त्रमा बिरोध गर्न पाउने हक भएको बताउदै प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारको कारण देश बिदेशी सहयोग बढेको नयाँ उद्योगहरु अगाडी बढ्न पाएका देशमा स्थाईत्व कामय भएको बताए । देउवाले गठबन्धन १५ बर्ष बढी टिक्ने नेपाल समृद्ध हुने नेपालको अन्तराष्टीय छवि समेत बढ्ने बताए । अछाम १ मा सत्तागठबन्धको तर्फबाट प्रतिनीधी सभाको निवार्चनमा समाजवादीका केन्द्रिय सदस्य तथा श्रम रोजगार तथा सामाजीक बिकास मन्त्री शेर बहादुर कुँवर उम्मेद्धार रहेका छन ।यस्तै अछाम १ ‘क’ मा नेपाली कांग्रेस सुदूरपश्चिम महामन्त्री मेघराज खड्का र ‘ख’ मा माओवादी केन्द्रका झपट साउद सत्तागठन्धबाट उम्मेदवार रहेका छन।

तपाईको प्रतिक्रिया