Advertisement
SKIP THIS
आसन्न निर्वाचनका लागि डाेटी जिल्ला भर एक हजार ४ सय १४ जना कर्मचारी परिचालित

निराकरण खबर डाेटी :आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि डाेटी जिल्लाभरी एक हजार ४ सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् र जहाँ आवस्यक पर्याे तेस्ताे ठाउँमा तुरुन्तै खटिनकाे लागि ४ जना मतदान अधिकृत र ४ जना सहायक मतदान अधिकृत जगेडामा राखिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिएका छन् ।

कुल निर्वाचनमा खटिएका कर्मचारी हरुमध्येमा चार सय १० जना शिक्षकहरु पनि रहेका छन् । एक सय ७७ वटा स्थायी मतदान केन्द्रहरु रहेका छन् भने एउटा अस्थायी मतदान केन्द्र रहेको छ । जसमा दुईवटा मतदान केन्द्र महिलामैत्री रहेकाे पनि जनाइएको छ ।

डोटी सदरमुकाम स्थित श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिबलाल पाण्डेयले जानकारी दिएका छन् ।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचनकाे कार्यालयले जानकारी दिएकाे छ। निर्वाचन कर्मचारी तथा सामग्री धमाधम पठाईंदै अधिकांश निर्वाचन केन्द्रहरुमा निर्वाचन कर्मचारी तथा निर्वाचन सामग्री पठाइसकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मंगलबार सम्म सबै निर्वाचन केन्द्रहरुमा कर्मचारी तथा सामग्री पठाइसक्ने बताइएको छ ।निर्वाचन सामग्रीसंगै मतपत्र समेत पठाइसकिएको जानाइएको छ । नजिकका मतदान केन्द्रहरुमा भोलिनै निर्वाचन सामग्री पठाइने मुख्य निर्वाचन अधिकृत शिबलाल पाण्डेयले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया