Advertisement
SKIP THIS
अछाम १ को चुनावी माहोल, सत्तागठबन्धनका उम्मेद्धार मन्त्री शेर बहादुर कुँवर रेड जोनमा

निराकरण खबर अछाम:एमाले नेता तथा पुर्व उपप्रधानमन्त्री तथा रक्षा, गृहमन्त्री भीम रावललाई एमाले अछामले एकल सिफारिस गरेपनि अध्यक्ष ओली रावललाई टिकट नदिएर तत्कालीन नेकपा फुट्दा एमालेमा बसेका झपट बोहरालाई टिकट दिएपछि तरङ्ग मच्चिएको अछाम १ को चुनाव झनै रोमाङ्चक बन्दै गएको छ ।

अछाम १ प्रतिनिधि सभामा भीम रावलले टीकट नपाएपछि एमाले उम्मेदवार बोहरालाई सत्तागठबन्धनका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री शेर बहादुर कुँवरले सहजै जित्ने अनुमान गरिएको थियो । अछाम १ मा स्थानिय तहको मत परिणाम अनुसार नेपाली कांग्रेसले १५ हजार७ सय ७२ ,माओवादी केन्द्रले ७ हजार ६ सय ८१ र एकीकृत समाजवादीले २९ सय ७८ मत प्राप्त रहेको छ ।सत्ता गठबन्धन एमाले भन्दा झण्डै ११ हजार ५ सय ३३ मतले अगाडी छ, भने एमालेको १५ हजार ६ सय ६१ मत रहेको छ ।

सत्तागठबन्धन भीत्र रहेको नेपाली काँग्रेसका युवा नेता महासमीती सदस्य समेत रहेका राजन कुँवर बागी उठेपछि अछाम १ मा सत्तागठबन्धनका उम्मेद्धार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री शेर बहादुर कुँवरलाई उनै राजन कुँवर भारी पर्ने देखिएका छन । माओवादी परित्याग गरि एमाले प्रबेश गरेका झपट र एमाले परित्याग गरि समाजवादीमा लागेका मन्त्री कुँवर आमुन्ने सामुन्ने हुदाँ दुबै जनाले भीम रावलको आफुलाई सहानुभूति हुने दावी गरिहेका छन ।

अछाम १ मा युवा माझँ लोकप्रीय रहेका राजनलाई भीम रावलले टीकट नपाए पछि असन्तुष्ट रहेको समुहले समेत सहयोग गर्ने आकलन गरिएको छ । अछाम १ मा एमाले भन्दा बढी मत रहेको काँग्रेसले टीकट पाउनुपर्ने कार्यकर्ताको माग रहेको थियो । प्रतिनीधी सभामा काँग्रेसले टीकट नपाएर समाजवादीले पाएपक्षी काँग्रेस भीत्र समेत असन्तुष्टी रहेको अवस्थामा सत्तागठबन्धनका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री शेर बहादुर कुँवरलाई स्वतन्त्र राजन भारी हुने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया