Advertisement
SKIP THIS
झपट बोहरालाई शेर बहादुर कुँवरले भने कम्युनिष्टबारे कक्षा मसँग लिन आउनु

निराकरण खबर अछाम:सत्तागठबन्धनबाट अछाम १ का उम्मेदवार शेर बहादुर कुँवरले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार झपट बोहरालाई आफुसँग कक्षा भनेका छन।

सोमबार सत्तागठबन्धले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै श्रम रोजगारी तथा समाजिक बिकास मन्त्री कुँवरले नेकपा एमालेको इतिहासमा कति काम गरेको भनेर मञ्चबाट एमालेका उम्मेदवार बोहरालाई प्रश्न गरे।

एमालेको बारेमा जानकारी भए आफुसँग ४ घण्टा कक्षा लिन मन्त्री कुँवर चुनौती दिए। अछाममा एमालेको सँगठन बिस्तार गर्न आफ्नो कति भुमिका रहेको छ भनेर निष्ठावान् कार्यकर्तालाई थाह भएको बताउदै मन्त्रि समेत रहेका उम्मेदवार कुँवरले २ दिन आएर फार्र फुर्र गर्यो , २/४ उखान टुक्का भन्दैमा जनताले भोट नहाल्ने बताए ।बोहरा माओवादिबाट एमाले प्रबेश गरेका हुन भने कुँवर एमाले छोडेर समाजवादीबाट अछाम १ बाट उम्मेदवार बनेका हुन।

तपाईको प्रतिक्रिया