Advertisement
SKIP THIS
सुदूर पहाडमा ५ दशमलब ४ म्याग्निच्युडको भुकम्प, केन्द्रबिन्दु बझाङ

निराकरण खबर अछाम : अछाममा भूकम्पको ठूलो झड्का महसुस भएको छ । जिल्ला भर धक्का महसुस भएकाले त्रास फैलिएको स्थानीयहरूले बताएका छन् ।

शनिबार राति ८ बजेर १२ मिनेटमा ५ दशमलब ४ म्याग्निच्युडको भुकम्पको केन्द्र बझाङ रहेको भुकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पपछि अधिकांश मानिसहरू सुरक्षित स्थानका लागि घरबाहिर निस्किएका छन् ।

यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस क्रममा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए । भूकम्पपछि कयौं पराकम्पन गईरहेका छन।

तपाईको प्रतिक्रिया