Advertisement
SKIP THIS
बैंकर्स कल्ब डोटीद्वारा भुकम्प पिडितलाई सहयाेग

निराकरण खबर डाेटी : बैंकर्स कल्ब डोटीद्वाराभुकम्प पिडित घर परिवारलाई सहयोग गरेको छ।

बैंकर्स कल्बले पुर्विचाैकि गाँऊपालिका वडा नं ५ काँडामाण्डाैकाे उपरकाँडामा भुकम्पका कारण घरहरुमा क्षति पुर्याएपछि स्थानीयलाई सहयोग गरेको हो।

कल्वका अध्यक्ष तपराज भट्टले पुर्विचाैकि गाऊपालिका अध्यक्ष राम प्रसाद उपाध्याय , नेपाल रेडक्रस सोसाइटी सुदुर पश्चिम प्रदेश महामन्त्री देव बहादुर बाेहरा र जिल्ला सभापति लक्षिराम कुवँर , वडा ५ का वडा अध्यक्ष खड्क साँउद , स्थानियकाे रहाेवरमा कल्ब भुकम्प पिडितलाई सहयाेग स्वरुप ३४ थान त्रिपाल र २ थान पि फम हस्तान्तरण गरेको हो।

डाेटी जिल्ला भरिका विभिन्न बैँक तथा लघुवित्त सँस्थाका कर्मचारीहरुले आफुखुसि रकम सँकलन गरेर राहत स्वरुप सहयाेग गरेकाे हो।

उत्त राहत समाग्रीले भुकम्पबाट प्रभावित भएका परिवारहरुलाई राहत भएकाे र यस्ता समाजिक कार्य आगामी दिनहरुमा गर्न
गाउँपालिका अध्यक्ष राम प्रशाद उपाध्यायले आग्रह गरे।

कार्तिक २२ गते गएको भुकम्पका कारण सो गाउँका १सय ७० घर बस्न नमिल्ने गरि क्षति भएका छन।

तपाईको प्रतिक्रिया