Advertisement
SKIP THIS
अछाममा मदिरा बिक्री वितरणमा रोक

अछाम:आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको चुनावलाई लक्षित गर्दै अछाम जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि खान समेत पूर्णरुपमा निषेध गरिएको अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेयले बताए ।

जिल्लाको सम्रग शान्ती सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया