Advertisement
SKIP THIS
भोट बैंक बनेको भास्कुन गाउँ,कहिले पुग्ला सरकारको नजर

तारामान खड्का फिल्ड रिपोर्ट :नगरपालीका भनेपछी सामान्यतया बिकासका पुर्वाधार पुगेको हुनुपर्छ । तर अछामको साँफेबगर नगरपालीका १४ पातलको भास्कुन गाउँ जहाका नागरिकले सरकार भएको महसुस गर्न पाएका छैनन । ९३ घर परिवार रहेको भास्कुन गाउँ जहिल्यै भोट बैकंको रुपमा प्रयोग हुदै आएको छ ।

भास्कुन गाउँका नागरिकले बर्षौ देखि नेता चुनेर पठाए तर नेताले भने भास्कुन गाउँ चिनेनन् ।भास्कुन बासीले तिनै तहमा सरकारमा जनप्रतिनीधी पठाए तर जनप्रतिनीधीले भास्कुनलाई केहि पठाएनन् ।यहि मंसिर ४ गते देशमा प्रतिनीधी र प्रदेश सभाको निवार्चन हुदैछ । भास्कुन गाउँमा दलका झण्डा सहित नेताहरु पुग्न थालेका छन । तर उनिहरुलाई निवार्चन छोएका छैन ।

भास्कुन गाउँमा बिद्युत पुर्याउने भनेर ३ बर्ष पहिले नै पोल गाडिएका छन । पोल गाडिए पछि बिद्युत जडान गर्नलाई स्थानियहरुले घरमा वायरिङ समेत गरिसकेका छन तर अहिलेसम्म स्थानियहरुले अहिलेसम्म बिद्युत प्रयोग गर्न पाएका छैनन ।चुनाव बाहेक अरु बेला जनताका कुरा नसुनिएको नगरपालीकाकै बिकट गाउँ भास्कुन जहा स्वास्थ शिक्षा,रोजगारीका कुनै छैनन । राजनितीक आधारमा नेताहरुले निवार्चन जित्न जहज होस् भनेर भास्कुनलाई साँफेबगर नगरपालीमा गाबियो ।भास्कुनबाट आफ्नै वडा कार्यालय सम्म पुग्न जंगल छिछोल्दै २ घण्टा बढी र नगरपालीका पुग्न पैदल हिडेर दिन भर लाग्ने गरेको छ ।

गाउँमा महिला केटाकेटी बाहेक अरु देखिदैन, पुरुषहरु घर खर्च चलाउन मुग्लान तिर पसेका छन ।गाउँबाट बिद्यायल जान १ घण्टा जंगलको बाटो हिड्दै जाने गरेकास्थानिय कमला ढोलीले बताईन ।गाउँबाट नगरपालीका केन्द्र साँफेबगर पुग्न दिनभर लाग्छ ,२०६६ सालमा गाउँमाथीबाट पहिरो जादाँ १० जनाले ज्यान गुमाएका थिए ।गाउँ पहिरोको उच्च जोखिमा रहेको छ ।आकासमा बादल लाग्ने बित्तीकै गाउलेको मनमा चिसोँ पस्ने गरेको स्थानिय किथ्थी परियार ले बताईन ।

पटक पटक चुनाव जित्नलाई मात्र भोट माग्ने जिते पछि भास्कुनलाई बिर्सने नेतालाई आउदो निवार्चनमा मानसिकता परिवर्तन गरेका छन ।
अशिक्षा, बेरोजगारिले ग्रस्त भास्कुन बासी नेतालाई जिताउने सिढी मात्रै बनेका छन । भास्कुन बासीका पिडा कसले सुनिदिने कहिले भास्कुन बासीले सरकार भएको महसुस गर्ने ।

तपाईको प्रतिक्रिया