Advertisement
SKIP THIS
अछाममा भुकम्पले भौतिक क्षति कहाँ कहाँ पुर्यायो , सुचि सहित

निराकरण खबर अछाम:बुधबार राति डोटी केन्द्र बिन्दु बनाएर २ बजेर १२ मिनेटमा गएको भूकम्पले अछाम जिल्लामा मानविय क्षति नपुर्याएपनि भौतिक क्षति पुर्याएको छ।

भुकम्पले जिल्लाका विभिन्न ठाउँका ४१ घरमा आंसिक क्षति र मंगलसेन नगरपालिका १४ कालागाउमा १० कोठ घर पुर्ण रुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए ।

यदपि प्रहरीमा सबै क्षतिको बिवरण पुगिसेकेको छैन।सबै क्षतिको बिवरण आउन केहि समय लाग्ने देखिन्छ । भुकम्पले कयौं कच्ची तथा पक्की घर चर्केका छन।

भुकम्पको केन्द्र बिन्दु नजिकै रहेका चौरपाटी गाउँपालिका र साफेबगर नगरपालिकामा बढी घरहरुमा क्षति पुर्याएको छ।
भुकम्पले पुर्याएको क्षतिबारे बिवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति ९ बजेर ७ मिनेटमा ५.७ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । आज दिन भर समेत भुकम्पका पराकम्पन आईरेका छन।

तपाईको प्रतिक्रिया