Advertisement
SKIP THIS
डाेटिको पुर्बी चौकी गाउँपालिका भुकम्पमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी: डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको ज्यान गएको छ ।

बुधबार बिहान २ : १२ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा ६ जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिका घटना स्थलमा खटिएका प्रशान्त खड्काले जानकारी दिए ।

त्यहाँ गाउ भरीको घर हरु चर्किएको छ । “गाउँका सबै खुल्ला ठाउँमा आगो बालेर बाहीरै बसिरहेका छन् । घर भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको छ । प्रहरी प्रशासन पुगी नसकेकाले स्थानीयहरु मिलेर उद्धार गरिरहेका छन् ।” उनले भने ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । भने यसअघि राती ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया