Advertisement
SKIP THIS
साँफेबगर र चौरपाटीमा नमुना मतदान

निराकरण खबर अछाम:आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि अछाम जिल्लामा नमुना मतदान गरिएको छ।

आईतवार जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा साँफेबगर नगरपालिका मष्टामाण्डौ स्थित जनकल्याण माध्यमिक बिधालय र चौरपाटी गाउँपालिकामा नमुना मतदान गरिएको छ।

निर्वाचनमा मत कसरी हाल्ने, मतपत्र कस्तो कस्तो किसिमको हुन्छ,के गर्दा मतपत्र बदर हुन्छ ,के गर्दा हुदैन, कुन मतपत्र कुन निर्वाचन प्रणालीको हो भन्ने कुरा नागरिकलाई सिकाउनको लागि नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र थारुले बताए । २ क्षेत्र रहेको अछाम जिल्लामा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि ७७हजार ३सय ९०पुरुष ,८१ हजार २ सय ६५ गरि कुल १लाख ५८ हजार ६ सय५७ मतदाता रहेका छन।

तपाईको प्रतिक्रिया