निराकरण खबर अछाम: अछाम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा ‘क’को गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सम्पन्न भएको छ।
घरदैलो कार्यक्रममा गठबन्धनका प्रदेस सभा ‘क’ का उम्मेदवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका मंहामन्त्री मेघराज खड्काले लोकतन्त्र जोगाउन र प्रतिगमनका बिरुद्द गठबन्धनका उम्मेदवारको जित अति आवश्यक भएको बताए ।
उनले अछामको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्याएको बयालपाटा अस्पताललाई दिगो ब्यावस्थापन आफ्नो प्रमुख मुद्दा भएको बताए । आफू सधै राजनीतिमा रहदा यहाँको बिकासको लागि लागि परेको बताउदै उम्मेदवार खड्काले आफुले कहिल्यै ईमानदारीता नगुमाउने उद्घोष गरे।
आफुले राजनीतिलाई कहिल्यै ब्याक्तिगत र परिवारको स्वार्थको लागि प्रयोग नगरेको भन्दै निर्वाचित भए पनि ब्याक्तिगत र परिवारको स्वार्थकोलागि काम नगर्ने बताए ।










